
विराटनगर ।विराटनगरमा २३ बर्षदेखि सञ्चालनमा रहेको लर्ड बुद्ध कलेजको प्रवेश परीक्षामा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको छ । कलेजको बिहिबार सम्पन्न प्रवेश परिक्षामा ७५६ जनाले प्रवेश परिक्षा दिएका छन् । कलेजले ५४० विद्यार्थी छनोट गर्ने जनाएको छ ।

एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु प्रवेश परिक्षा दिईरहेका छन् । कलेजहरुले पनि धमाधम प्रवेश परिक्षा लिईरहेका छन् । विराटनगरस्थित लर्ड बुद्ध कलेजले पनि बिहिबार कक्षा ११ भर्नाका लागि प्रवेश परीक्षा लिईएको हो ।
होटल म्यानेजमेन्ट, साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्टजस्ता कार्यक्रमप्रति विद्यार्थीको विशेष आकर्षण देखिएको छ । कलेज प्रशासनका अनुसार व्यावसायिक तथा रोजगारीमुखी शिक्षाका कारण विद्यार्थीहरू यस्ता कोर्सप्रति उत्साहित छन् ।
कलेजका प्रिन्सिपल दिनेश पण्डितका अनुसार, विशेषगरी स्थानीय विद्यार्थीहरूको उत्साह अत्यन्तै उत्साहजनक छ । ४.० जिपिए ल्याएका पाँच जना विद्यार्थीले प्रवेश परीक्षा दिएको उनले बताए । ४.० जिपिए ल्याउने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिसहित भर्ना लिने तयारी गरिएको पण्डितले जानकारी दिए । उनले विद्यार्थी छनोट प्रक्रियामा निष्पक्षता र स्तरीय मापदण्डको प्रयोग गरिएको बताए ।
“हामी केवल शिक्षण संस्था होइन, विश्वासको केन्द्र बन्ने प्रयासमा छौं,” प्रिन्सिपल पण्डितले भने, “विद्यार्थी र अभिभावकको भरोसाले हामीलाई गुणस्तरीय शिक्षाको दिशामा अझै प्रतिबद्ध बनाएको छ ।”
कलेजका अध्यक्ष पप्पु अन्सारीले कलेजको शैक्षिक अवस्थाको बारेमा थप स्पष्ट पार्दै भने, “हामी शिक्षा मात्र होइन, विद्यार्थीको भविष्य बनाउने अभियानमा छौं । होटल म्यानेजमेन्टजस्ता व्यावसायिक कोर्सप्रति चासो बढ्नु हाम्रो प्रयोगात्मक शिक्षण पद्धतिको प्रतिफल हो ।”
उनका अनुसार कलेजले अनुभवी शिक्षक, अत्याधुनिक प्रयोगशाला, स्मार्ट कक्षा कोठा, र विदेशमा समेत अवसर पाउने वातावरण तयार पारेका छौं ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको यस वर्षको भर्ना प्रक्रियाको अन्तिम नतिजा चाँडै सार्वजनिक गरिने र कक्षा सञ्चालनको तयारी तीव्र रुपमा अगाडि बढाइएको कलेजले जनाएको छ ।