काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय गरिएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका सांसदका लागि उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीमा राप्रपाले ३ लाख ३० हजार ६ सय ८४ मत प्राप्त गरेको थियो। सो मतका आधारमा पार्टीको भागमा चार जना सांसद परेका छन्। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले निर्वाचन परिणाम तथा पार्टीको समग्र प्रदर्शनबारे पनि समीक्षा गर्ने एजेन्डा रहेको छ।
