सुर्खेतमा सिकार खेल्न गएका ६ जनाको नौ दिनदेखि कुनै खबर छैन

२ चैत, सुर्खेत। सुर्खेतका ६ जना व्यक्ति सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज गएका केही दिनदेखि सम्पर्कविहीन भएका छन्। उनीहरू २३ फागुनमा घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको निकुञ्जतर्फ गएका थिए, तर अहिलेसम्म उनीहरू फर्किएका छैनन्।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा सुर्खेत बराहताल गाउँपालिका(१ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र लेकवेशी नगरपालिका(८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्। उनीहरू हाल बर्दियामा बस्छन्। बराहताल गाउँपालिका(२ का आसे महतराले खोजी कार्यका लागि सोमबार प्रहरीलाई जानकारी दिएका हुन्। प्रहरीले सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ। प्रहरीका अनुसार खोजी सम्बन्धी जानकारी दिने व्यक्ति टोपबहादुर खत्रीका भेनाजु हुन्।