काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रणसम्बन्धी अभ्यास सम्पन्न भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको यो अभ्यासले आकस्मिक परिस्थितिमा हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्य राखेको छ। प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्डअनुसार ठूला विमानस्थलमा यस्ता अभ्यास नियमित रूपमा अनिवार्य गरिएको हुन्छ।