काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको अभिमुखीकरण कार्यक्रममा अहिलेसम्म बनेको मन्त्रिपरिषद् कुनै पनि टुंगोमा पुग्न नसकेको जानकारी दिएका छन्। कार्यक्रमको समापन मन्तव्य दिँदै लामिछानेले भने, “अहिले म यहाँ बोल्दा सम्म मन्त्रिपरिषद् गठनमा कुनै टुंगो लागिसकेको छैन। हामीले सबै पक्षलाई चिनेका छौं र बलियो मन्त्रिपरिषद् बनाउनेछौं।” उनले आगामी दिनमा सबै पक्षसँग समन्वय गर्दै सक्षम र प्रभावकारी मन्त्रिपरिषद् गठन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पार्टीका वरिष्ठ नेता, कार्यकर्ता र स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो। यो अभिमुखीकरण कार्यक्रममा रास्वपाले आफ्नो आगामी राजनीतिक रणनीति र सरकार गठन प्रक्रियामा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ।