काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनपछि दोस्रोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। निर्वाचनपश्चात् आइतबार बसेको पहिलो बैठकले समानुपातिकतर्फका सांसद छनोट गरेको थियो। त्यसको निरन्तरतास्वरूप अहिले दोस्रो बैठक आह्वान गरिएको हो। पार्टीले फागुन २१ मा सम्पन्न निर्वाचनको जिल्लागत प्रतिवेदन संकलन गरिरहेको र सोही आधारमा बैठकमा समग्र चुनावी समीक्षा गरिने जनाइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ
प्रतिक्रिया दिनुहोस !