विराटनगर । मोरङको उर्लाबारी मा दुई बस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४, आइतबारे क्षेत्रमा भएको उक्त दुर्घटनामा २ वटा बस ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैको उर्लाबारीस्थित अरनिको अस्पताल मा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
