सुनको भाउ घट्ने क्रम जारी, एक सातामै तोलामा ३६ हजारले गिरावट

काठमाडौं । १० चैत  सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ। यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक सातामा मात्रै सुनको भाउ उल्लेख्य रूपमा घटेको छ। गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको सुन अहिले ३६ हजार रुपैयाँले सस्तो भएको हो। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन्।यसैबीच, चाँदीको मूल्य भने सामान्य बढेको छ। मंगलबार प्रतितोला ८० रुपैयाँले बढ्दै चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँ पुगेको छ। यद्यपि, एक साताको अवधिमा चाँदीको मूल्य पनि कुल ८३० रुपैयाँले घटेको देखिन्छ। गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।