राजीनामा अस्वीकृत भएपछि सभापति थापा पार्टी कार्यालय पुगे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि आज उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्। केन्द्रीय समितिले ६ बुँदे निर्णय गर्दै सभापतिको राजीनामा अस्वीकृत गरेको थियो। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे बस्ने छ, जसमा पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५ औँ महाधिवेशन तयारी, प्रदेशस्तरीय निर्वाचन समीक्षा, स्थानीय र प्रदेश सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ र जनसम्पर्क समिति सम्बन्धी छलफल हुने बताइएको छ।