१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले महाधिवेशनको गाडी आफूले हाँकेको र अब पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।
सभापति थापाका अनुसार, अब हुने महाधिवेशनमा पूर्वाग्रह वा विशेष व्यक्तिको उपस्थितिलाई आधार बनाउन नहुने छ। “एउटा विशेष अधिवेशन भयो, नयाँ नेतृत्व आयो। अब को भाग लियो वा लिन सकेन भन्ने कुरा सकियो,” उनले भने। थापाले सबैलाई सहभागी गराउने प्रतिबद्धता जनाउँदै भने, “मैले सभापतिको रुपमा गाडी हाँकेको छु। अब यो गाडी रोकिंदैन। उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरिसकेको छु। सबैलाई सहभागी गराएर अघि बढाउनेछौं।”
