काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेताबालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपतिरामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। शाहले आजै शुभ साइतमा प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा दिउँसो १२:३४ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
नेपालको संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार गठन प्रक्रिया अघि बढाइएको जनाइएको छ। शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी रहेको बुझिएको छ
