मन्त्रिपरिषद बैठक सुरु हुँदै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। नयाँ सरकार गठनपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हुन लागेको हो। यसअघि सरकार गठनकै दिन पहिलो बैठक सम्पन्न भएको थियो।

पहिलो बैठकले गत भदौ २३ र २४ गते भएको जीनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। त्यसैगरी, पहिलो बैठकले एक सय बुँदे कार्यसूची पनि पारित गरेको थियो। आज बस्ने बैठकले समेत महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।