आज महावीर जैन को २६२५औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ।

बिराटनगर
सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश फैलाउने महावीरको योगदानलाई स्मरण गर्दै जैन समुदाय तथा विभिन्न संघसंस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।इसापूर्व ५९९ मा भारतको वैशाली नजिकै कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट जन्मिएका महावीरले राजसी जीवन त्यागेर शान्ति र सत्यको खोजीमा तपस्या गरेका थिए। करिब १२ वर्षको कठोर साधनापछि उनले मानव समाजलाई जैन दर्शनको मार्ग देखाएका थिए।जैन धर्मका २४ तीर्थंकरमध्ये अन्तिम तीर्थंकरका रूपमा चिनिएका महावीरले अहिंसा र सत्यलाई जीवनको आधार माने। उनका अनुसार अरूलाई दुःख दिनु पनि हिंसा हो र अरूको हित गर्नु नै साँचो अहिंसा हो।

यस अवसरमा नेपाल जैन परिषद् लगायत विभिन्न संस्थाले देशभर कार्यक्रम गरी उनको शिक्षाको महत्व उजागर गरिरहेका छन्।