सुनको मूल्यमा उच्च वृद्धि, ६,७०० रुपैयाँ बढ्दा कारोबार दर कति?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार भने सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको थियो।