



विराटनगर ।
विराटनगर–९ स्थित भानु कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ।
कलेजले आज विशेष कार्यक्रम आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ३ सयभन्दा बढी विद्यार्थीहरूलाई बिदाई गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मोहन श्रेष्ठले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे। उनले कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षालाई आगामी परीक्षा र व्यावहारिक जीवनमा सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
सोही अवसरमा हिसानले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विज्ञान संकायतर्फ प्रथम अनु कामत, द्वितीय सीता श्रेष्ठ र तृतीय अनुकुमारी यादव पुरस्कृत भए।
त्यसैगरी, व्यवस्थापन संकायतर्फ प्रथम रोमन साह, द्वितीय समीक्षा खातुन र तृतीय प्रिन्स शर्मा सम्मानित भएका छन्।
बिदाई कार्यक्रममा बोल्दै विद्यार्थीहरू मान्यता बस्नेत, प्रिन्स शर्मा र रिया सुवेदीले विद्यालयमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए। समारोहमा कलेजका संस्थापक प्रा.डा. राजुकुमार थापा, निर्देशक वसन्तकुमार बस्नेतलगायतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
