घर जान नभ्याएपछि गृहमन्त्री गुरुङ कार्यकक्षमै सुते

काठमाडौँ। निरन्तर कार्यव्यस्ततामा रहेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ। अत्यधिक कामको चापका कारण घर जान नपाएपछि उनी आफ्नै कार्यकक्षको सोफामै सुतेका हुन्। गृहमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ २४ घण्टा नै काममा खटिँदै आएका छन्, जसका कारण उनी मन्त्रालयमै आराम गर्न बाध्य भएका हुन्।

उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।”