हिरो मोटरसाईकलको नयाँ बर्ष अफर ‘नयाँ युगको प्रारम्भ’ सुरु

विराटनगर, २० चैत्र । नेपालकालागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले नयाँ बर्ष २०८३ लाई लक्षित गरेर ‘नयाँ युगको प्रारम्भ’ अफर ल्याएको छ ।
बिहीवारदेखी नेपालभर सुरु भएको यो अफर बैशाख ३१ गतेसम्म सञ्चालन हुने कम्पनीको कोशी प्रदेश एरिया म्यानेजर तीर्थ रिजालले जानकारी दिए । यस अफर अन्तर्गत ग्राहकले नयाँ मोटरसाईकल खरिद गर्दा डिजिटल स्क्रयाचमार्फत न्यूनतम् ६ हजार रुपैयाँदेखी अधिकतम एकलाख रुपैयाँ सम्म नगद छुट पाउँनेछन् । छुट प्राप्त गर्न ग्राहकले कुपन स्क्रयाच गर्नुपर्नेछ, जहाँ ६ हजार न्यूनतम छुट पक्का हुने तथा एकलाख सम्म छुट हुन सक्नेछ । यस्तै पुरानो मोटरसाईकल एक्सचेन्ज गर्दासमेत ग्राहकले ६ हजार रुपैयाँ अतिरिक्त मुल्याङ्कन पाउने कम्पनीको विराटनगर बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि. का सेल्स हेड प्रसन्नभक्त माथेमाले जानकारी दिए । यो अफर फाइनान्समासमेत लागू हुने कम्पनीले जानकारी दिएको छ । सहज फाइनान्समार्फत ग्राहकले बिना कुनै झन्झट नागरिकताकै भरमा मोटरसाईकल र स्कुटर खरिद गर्न सक्ने माथेमाले जानकारी दिए । स्कुटर र मोटरसाईकलको बजारमा सफल ब्राण्ड हिरो कम्पनीका स्प्लेण्डर प्लस, सुपर स्प्लेण्डर, एक्सट्रिम १२५, एक्सट्रिम १६०, एक्सपल्स मोटरसाईकल र जुम स्कुटर ग्राहकमाँझ लोकप्रिय छन् ।