काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। यसअघि आइतबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो। आकस्मिक रूपमा बैठक बोलाइएकाले केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण कार्यक्रमअघि बैठक आह्वान गरिएको हो। गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि मात्रै उहाँ काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नुहुनेछ। वर्षायाममा सम्भावित बाढी जोखिम र स्थानीय समस्याबारे अध्ययन गर्न जानुअघि मन्त्रिपरिषद्मा महत्त्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ।
