सातामा दुई दिन बिदा र इन्धन करमा ५० प्रतिशत छुट लागू भएपछि यातायात शुल्कमा जोरबिजोर प्रणाली लागू गर्ने

काठमाडौं । पश्चिम एसियामा युद्ध चर्किदै गरेको अवस्थामा, नेपाल सरकारले इन्धन खपत घटाउन नयाँ उपायहरू अपनाउन थालेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले इन्धन बचतको उद्देश्यले शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। साथै, मंगलबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले डिजेल, पेट्रोल र मट्टीतेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिइन्।