काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७,२०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २०५ रुपैयाँले उकालो लागेको छ। महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५,०२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी ४,८२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।
