काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालत बाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ।
उक्त प्रकरणमा देउवा दम्पत्तीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। हाल उनीहरू नेपालबाहिर रहेको जनाइएको छ।
