काठमाडौं । स्थानीय बजारमा बिहीबार (चैत २६) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५० रुपैयाँले घट्दै ४ हजार ८७५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ५ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।
