काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु २,२०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,९६,९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु ४,९६० मा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला रु २,९४,७०० मा र चाँदी रु ४,८७५ मा कारोबार भएको थियो। गत बुधबार सुनको मूल्य प्रतितोला रु २,९९,००० र चाँदी रु ५,०२५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस करिब ५,३०० अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
