सुनमा गिरावट, आज तोलाको मूल्य कति कायम?

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो। महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ३७० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ५४ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार सोमबार चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २०० रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार २६५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाका आधारमा महासंघले दैनिक रूपमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।