संसदीय समितिमा रास्वपाको निर्णय: यी नेताले पाए सभापतिको जिम्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको टुंगो लगाएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिका उम्मेदवार तय गरेको हो। प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत रहेका कारण पार्टीले तय गरेका उम्मेदवारहरू निर्वाचित हुने लगभग निश्चित देखिएको छ। बैठकले १० वटा समितिमध्ये ९ वटाको सभापतिमा आफ्नै सांसदहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने योजना बनाइएको छ।

निर्धारित समिति र सभापतिका उम्मेदवारहरू:

  • कानून, न्याय तथा मानवअधिकार समिति: समीक्षा बास्कोटा
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति: अशोक चौधरी
  • पूर्वाधार विकास समिति: आशीष गजुरेल
  • महिला तथा सामाजिक मामिला समिति: आकृति अवस्थी
  • राज्य व्यवस्था तथा सुशासन समिति: हरि ढकाल
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: डा. ओजस्वी शेरचन
  • संसदीय सुनुवाइ समिति (संयुक्त): बोधनारायण श्रेष्ठ
  • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त): गणेश कार्की
  • अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति: सुम्निमा उदास
  • अर्थ समिति: कृष्णहरि बुढाथोकी
  • उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति: रहबर अन्सारी