सुनचाँदी सस्तो भयो: आजको बजार भाउ कति पुग्यो?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा १२० रुपैयाँले घट्दै आज प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।