विराटनगर । कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले शनिबार विशेष समारोह आयोजना गरी करिब १ हजार २ सय विद्यार्थीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। आगामी वैशाख १४ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षामा सहभागी हुने विज्ञान संकायका विद्यार्थीहरू यस कार्यक्रममा समावेश भएका थिए।कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार यो कलेजको २२औँ ब्याचका विद्यार्थीहरूको बिदाइ कार्यक्रम हो। विज्ञान संकायमा उत्कृष्ट नतिजा दिँदै आएको कलेजले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमलाई विशेष बनाएको उनले बताएकार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल कार्कीले कलेजमा सिकेकोज्ञान, अनुशासन र मेहनतलाई व्यवहारमा उतार्दै उत्कृष्ट नतिजाहासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। उनले विद्यार्थीको निरन्तरप्रयास र कलेजको गुणस्तरीय शिक्षाकै कारण संस्थालेराष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएको उल्लेख गरे।
सो अवसरमा दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रतिमा रौनियार, पुञ्जल दर्नाल र मजिला आईसी लाई सम्मान गरिएको थियो।कार्यक्रममा कक्षा ११ की छात्रा सुन्मिा न्यौपाने तथा कक्षा १२ का विद्यार्थीहरू अप्तिका राजवंशी, अनिक मण्डल र मुस्कान गुप्ता ले कलेज जीवनका अनुभव र सिकाइबारे मन्तव्य राखेका थिए।कलेजका सञ्चालक विकास खनाल लगायतको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन विमल भट्टराई ले गरेका थिए।उक्तकार्यक्रमले विद्यार्थीहरूलाई भावनात्मक विदाइ मात्र नभई आगामीपरीक्षाका लागि थप ऊर्जा र आत्मविश्वास प्रदान गरेको कलेजलेजनाएको छ।
