काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ। बुधबार सुन प्रतितोला ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको थियो।
