काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको भाउ तोलामा १८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ११० रुपैयाँले सस्तो हुँदै आज पाँच हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
