बिराटनगर
झापाको बिर्तामोडस्थित एक डान्सबारमा आइतबार राति झगडा हुँदा दुई जना घाइते भएका छन्। बिर्तामोड–२ मा रहेको गन्तव्य डान्सबारमा राति करिब १:३० बजे युवाहरूबीच कुटपिट भएको हो।
घाइते हुनेहरूमा मेचीनगर–१ का २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई रहेका छन्। दुवैको अवस्था सामान्य रहेको छ र उनीहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्। फरार व्यक्तिको खोजी भइरहेको र पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
