जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कर्सियाले आयोजना गरेको केन्द्रीय प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

 

 

मोरंग

मोरङको धनपालथान गाउँपालिका–४ शारदा माध्यमिक विद्यालय कर्सियामा आयोजित केन्द्रीय प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले स्थानीय स्तरमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले बताएका थिए । कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जिवच्छ गच्छदारले अहिलेको परिवेसमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई बचतको महत्व, ऋणको सदुपयोग, साना लगानी मार्फत आय आर्जनसंगै आत्मनिर्भर बनाउन मदत पु¥याएको प्रति अध्यक्ष गच्छदारले प्रशंसा गरेका थिए । विभिन्न केन्द्रमा आबद्ध महिलाहरूलाई ‘असल ऋणी’ र ‘उत्कृष्ट बचतकर्ताहरुलाई वित्तीय संस्थाले प्रत्येक केन्द्रहरुले सम्मान तथा पुरस्कार प्रदान गर्दै आईरहेको संस्थाका विभागीय प्रमुख अञ्जय मण्डलले बताए । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत अति विपन्न पाँच जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र स्कुलका पौसाक वितरण गरेका थिए । भने विभिन्न केन्द्रमा आबद्ध महिलाहरूलाई ‘असल ऋणी’ र ‘उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा धनपालथान गाउँपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम चौधरी, वडा नं. ५ का अध्यक्ष गयानन्द सरदार, वडा नं. ६ का वडाअध्यक्ष मो. हुसेन (रोजित), जीवन विकास लघुवित्त कर्सिया शाखाका प्रमुख वासुदेव शाह, हेमनारायण राजवंशी र शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद शाहलगायतले स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।