
विराटनगर / झापाको शिवसताक्षी नगरपालिकामा एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
शिवसताक्षी नगरपालिका–९ निवासी २३ वर्षीय अमृतधन कुलुङ राईलाई सोही क्षेत्रकी १९ वर्षीया युवतीमाथि करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार २०८२ साल माघ २० गते दिउँसो दुधेस्थित आफ्नै पुरानो घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडितले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दर्ता गराएकी थिइन्।
उजुरी दर्ता भएको दुई दिनपछि, वैशाख १६ गते, प्रहरी टोलीले राईलाई दुधे चोकबाट पक्राउ गरेको हो।
पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
