काठमाडौँ, २१ वैशाख – सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। नयाँ गुरुयोजनामा संसद् भवन परिसरमा प्रवेश व्यवस्थापनलगायतका विषय समेटिएको बताइएको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सिंहदरबारभित्रका संरचना तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारिएको जानकारी दिए। “सिंहदरबारको गुरुयोजना निर्माण गरिएको छ, भित्रको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रवेश प्रक्रियालाई सहजीकरण गर्नका लागि हो,” उनले भने। योजनामा समावेश विषयहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
