सरकारको सिफारिसमा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौं। सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए।