विराटनगर ।
शान्ति युवा क्लबले ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको थियो l
क्लबका अध्यक्ष पिपुल चौधरीका अनुसार क्लबले विगत ६ वर्षदेखि समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आइरहेको उहाँले बताउनुभएको छ।। कोरोना महामारीका समयमा क्लबले मास्क, सेनिटाइजर तथा खाद्यान्न वितरण गरी असहाय तथा विपन्न परिवारलाई सहयोग समिर गरेका थिए।
क्लबले विज्ञान प्रदर्शनी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, निःशुल्क ट्युसन कक्षा, विभिन्न खेलकुद कार्यक्रम, सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर र मेडिकल क्याम्प सञ्चालन गर्दै अहिलेको उहाँले बताउनुभयो। हाल “एक घर, एक बिरुवा” अभियानमार्फत वातावरण संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको क्लबले जनाएको छ
क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सव मानव सेवा आश्रम मा मनाउँदै लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्दै आइरहेको छ। सातौँ वर्ष प्रवेशको अवसरमा केक काटेर कार्यक्रम मनाइएको थियो।
कार्यक्रममा क्लबका उपाध्यक्ष सुरेन कुमार मण्डल, सचिव मनिष सरदार, सहसचिव रितेश कुमार देव, कोषाध्यक्ष सन्दीप शर्मा तथा सदस्यहरू सुषमा कुमार यादव, प्रभा चौधरी र अन्जली कुमार राय लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम भव्य रूपमा सम्पन्न भएको क्लबका अध्यक्ष विपुल चौधरीले जानकारी दिएको छ।
