सुनसरी अदालत परिसरबाट फरार भएका सुरज खड्का हेटौँडामा पक्राउ

विराटनगर सुनसरी जिल्ला अदालतबाट धरौटी बुझाएर छुट्नुपर्ने आदेश दिएपछि प्रहरीलाई झुक्याउँदै फरार भएका १९ वर्षीय सुरज खड्का अन्ततः पक्राउ परेका छन्

तेह्रथुमको म्याङलुङ नगरपालिका घर भई हाल इटहरी मा बस्दै आएका खड्का चोरी मुद्दामा प्रतिवादी थिए इटहरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा पेस गरिएका उनलाई थुनछेक बहसपछि अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो

प्रहरीले पटकपटक अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान गरेको थियो अन्तिम पटक वैशाख गते दिनको म्याद गरिएकोमा अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिल कार्यालय सुनसरीमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको थियो

प्रहरीले मिसिल बुझाएपछि अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले सुरजविरुद्ध अदालतमा चोरी मुद्दा दर्ता गरेको थियो वादी नेपाल सरकार प्रतिवादीतर्फका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि अदालतले मंगलबार सुरजसँग धरौटीबापत एक लाख रूपैयाँ माग गर्ने आदेश गरेको थियो

अदालतले धरौटीबापतको रकम लिएर छाड्न आदेश दिएका सुरज भने अदालत परिसरबाटै फरार भएको डीएसपी खड्काले बताए उनका अनुसार धरौटीबापतको रकम नबुझाइकन प्रहरीलाई छलेर उनी भागेका हुन् अदालतले धरौटी खुलाएपछि प्रहरीलाई खाजा खान जान्छु भनेछन् खाजा खान गएको मौका छोपेर ड्युटीमा रहेका प्रहरीलाई छल्दै भागेछन्,’ प्रहरी स्रोतले भन्यो

प्रहरीका अनुसार सुरजले धरौटी तिर्ने रकम आफूसँग नभएको बताएका थिए धरौटी तिर्न नसकेमा अभियुक्तलाई कारागार चलान गरिन्छ धरौटी रकम तिर्ने पैसा नभएर आफू कारागार चलान हुने बुझेपछि प्रहरीलाई नै झुक्याएर उनी फरार भएको बताइएको

इलाका प्रहरी कार्यालय इटहरीका असई (प्रहरी सहायक निरीक्षक) राजकुमार माझी नेतृत्वको टोलीले सुरजसहित जना थुनुवालाई जिल्ला अदालत सुनसरी लगेको थियो सुरज दिउँसो ४ः१० बजेतिर भागेको अरु थुनुवा प्रहरी नियन्त्रणमै रहेको जानकारी खड्काले दिए

उनका अनुसार सुरजको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टर निराजन कार्की इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी सुवास हमालको नेतृत्वमा भिन्दाभिन्दै टोली परिचालन गरिएको अन्य मातहतका प्रहरी कार्यालय सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको

प्रहरी टोलीले निरन्तर खोजी जारी राखेको भए पनि यो समाचार तयार पार्दासम्म उनी फेला परेका छैनन् फरार भएका थुनुवाको खोजी तीव्र पारेर घटनाको अनुसन्धान एवं छानबिन पनि अघि बढाइएको खड्काले बताए