जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन कटहरी–२, मोरङ्गले आफ्ना सेवा विस्तार गरेको छ

मोरङ

कटहरी–२ मा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो । अस्पतालले अत्याधुनिक एम.आर.आई. र सिटी स्काईन सेवा आजदेखि औपचारिक रुपमा विस्तार गरेको अध्यक्ष मण्डलले जानकारी दिनुभयो । “सबैका लागि गुणस्तरीय प्रविधियुक्त र भरपर्दो स्वास्थ्य सेवा“ भन्ने मूल संकल्पका साथ यो सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । विगत लामो समयदेखि यस क्षेत्रको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनले स्वास्थ्य सेवाको क्षेत्रमा पुनः एक महत्वपूर्ण ऐतिहासिक उपलब्धि हासिल गरेको उहाँले दावि गर्नुभयो ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा विश्वप्रसिद्ध फुजीफिलम इचलोन स्र्माट एक दशमलब ५ को टेसला एम.आर.आई सिस्टम र एक यस २८ सेल्सको सिटी स्काईन उपकरण प्रयोगमा ल्याएको अस्पतालका संयोजक तेजसपी मण्डलले जानकारी दिनुभयो । अस्पतालले ओपी.डी, आकस्मिक सेवा, आई.सि.यू., एनआई.सि.यू., पि.आई.सि.यू., सि.सि.यू., एच.डि.यू.सेवा सञ्चालन गर्दै आईरहकेको संयोजक मण्डलले जानकारी दिनुभयो । अस्पतालका एचोडी डा.सुदिप रेग्मीले एम.आर.आई. र सिटी स्काईनलगायतका उपकरण १० करोड लाग्तमा जपानबाट ल्याएको उहाँले जानकारी दिनुभयो । २ सय सया रहेको अस्पतालमा दैनिक ७५ जना भन्दा बढी विरामीहरु उपचारका लागि ओपिडीमा आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत सवै विरामीहरुलाई १० प्रतिशत छुट दिँदै आईरहेको अस्पतालका संयोजक मण्डलले जानकारी दिनुभयो ।