आजको राशिफल : २०८३ जेठ १० गते आइतबारका १२ राशिको भविष्यफल

विराटनगर

आज २०८३ साल जेठ १० गते आइतबार, अधिक जेठ शुक्ल पक्षको नवमी तिथि परेको छ । आज गोरखकाली पूजा पनि मनाइँदैछ । चन्द्रमाको स्थिति र नक्षत्रका आधारमा तयार गरिएको आजको राशिफलअनुसार केही राशिका व्यक्तिलाई आर्थिक लाभ र कार्यसफलताको योग देखिएको छ भने केहीलाई खर्च, स्वास्थ्य समस्या र मानसिक तनावबाट सचेत रहन सुझाव दिइएको छ ।

ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशअनुसार मेष, मिथुन, कर्कट, सिंह र कुम्भ राशिका व्यक्तिका लागि दिन तुलनात्मक रूपमा सकारात्मक रहने देखिएको छ । यता वृष, कन्या, मकर र मीन राशिका व्यक्तिले बोली, खर्च तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने संकेत गरिएको छ ।

मेष,साथीभाइको सहयोग र साथले मन प्रसन्न रहनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्ने संकेत छ । खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सजग रहनुपर्ने देखिन्छ ।

वृष,अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्नेछ । बोलीका कारण आफन्तसँग दूरी बढ्ने जोखिम रहेको संकेत गरिएको छ । स्वास्थ्यमा भने सुधारका संकेत देखिएका छन् ।

मिथुन,बोली र व्यवहारकै कारण महत्त्वपूर्ण काम सम्पन्न हुने सम्भावना छ । धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । आम्दानी बढ्ने योग देखिएको छ भने प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ ।

कर्कट,धनलक्ष्मी योग परेकाले आर्थिक लाभको संकेत छ । शिक्षा र व्यापार दुवै क्षेत्रमा प्रगतिको सम्भावना रहेको छ । साथीभाइको साथले नयाँ योजना अघि बढाउन सहज हुने देखिन्छ ।

सिंह,लामो समयदेखि रोकिएका काम पूरा हुने संकेत छ । साथीभाइसँगको भेटघाटले मन उत्साहित बन्नेछ । धार्मिक कार्यबाट दिनको सुरुवात गरे दैनिकी अझ सहज बन्ने विश्वास गरिएको छ ।

कन्या,सोचेअनुसार काम सम्पन्न नहुन सक्ने जोखिम देखिएको छ । यद्यपि सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने सम्भावना छ । कृषिजन्य व्यापारबाट लाभ मिल्ने संकेत रहेको छ ।

तुला,स्वास्थ्य उपचारमा रहेका व्यक्तिलाई सुधारको संकेत देखिएको छ । शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्न सक्छ । परिवारको सल्लाह लिएर ठूला निर्णय लिनु उपयुक्त हुने देखिन्छ ।

वृश्चिक,कार्यसफलताको बलियो योग रहेको छ । प्राविधिक शिक्षा तथा सीपसँग सम्बन्धित क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खानपान र स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने संकेत गरिएको छ ।

धनु,शिक्षा र बौद्धिक क्षेत्रमा उत्साह बढ्नेछ । अनुभवी व्यक्तिको सल्लाह लिएर अगाडि बढे फाइदा हुने देखिन्छ । दाम्पत्य जीवन सुखद रहने संकेत छ भने राजनीतिक क्षेत्रमा सतर्कता आवश्यक देखिएको छ ।

मकर,आजको दिन सामान्य रहनेछ । सञ्चित धन खर्च हुन सक्ने भएकाले आर्थिक पक्षमा संयमता अपनाउनुपर्नेछ । व्यापारमा थप मेहनत आवश्यक देखिएको छ ।

कुम्भ,दाजुभाइसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ । विगतका केही निर्णयप्रति पश्चाताप हुन सक्ने संकेत छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुँदा मानसिक सन्तुलन कायम रहनेछ ।

मीन,बोल्दा संयम अपनाउनुपर्ने दिन रहेको छ । मानसिक अशान्ति हटाउन धार्मिक गतिविधिमा सहभागी हुनु लाभदायी देखिन्छ । व्यापारमा नयाँ लगानी नगर्न सुझाव दिइएको छ ।