मोरङ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा सुधार आउनेछ। व्यापार–व्यवसायबाट अपेक्षित लाभ मिल्ने सम्भावना छ। वैदेशिक सम्पर्क तथा लगानीबाट आर्थिक क्षेत्र विस्तार हुन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नियमित मेहनतले लक्ष्य प्राप्तिमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति बढ्ने योग छ। प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ स्थानको भ्रमण तथा साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। स्वास्थ्यसम्बन्धी लगानी लाभदायी बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गलत बुझाइ वा आरोपको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। धैर्यता र विवेक अपनाउनु बुद्धिमानी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पूरा हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। पारिवारिक विषयमा निर्णय गर्दा संयम आवश्यक छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसाय र शिक्षामा सफलता मिल्नेछ। मानसिक चञ्चलता बढ्न सक्ने भएकाले सकारात्मक सोच आवश्यक छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तुलित निर्णय र कूटनीतिक व्यवहारले सफलता दिलाउनेछ। समाजसेवा तथा परोपकारी कार्यमा रुचि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन केही अस्थिर रहन सक्छ। धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
उत्साहपूर्ण दिन रहनेछ। साथीभाइको सहयोगले रोकिएका काम सम्पन्न हुनेछन्। स्वास्थ्य र शिक्षामा सकारात्मक प्रगति हुनेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
उठ्नुपर्ने रकम प्राप्त हुन सक्छ। पुराना साथीहरूसँगको भेटले मन खुसी रहनेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वाणीमा संयम अपनाउनु आवश्यक छ। योग, ध्यान तथा धार्मिक कार्यमा संलग्न हुँदा मानसिक शान्ति प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खर्च नियन्त्रणमा रहनेछ। लगानीका नयाँ अवसर प्राप्त हुन सक्छन्। शिक्षा, ज्ञान तथा प्रशासनिक क्षेत्रमा लाभदायक समय रहनेछ।
