विराटनगर
मैथिली विकास अभियान ले मैथिली लोकगीतको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष नवीन कर्ण ले आधुनिकताको प्रभावले लोपोन्मुख बन्दै गएका मिथिलाका परम्परागत लोकगीतको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
प्रतियोगितामा २ देखि ५ सदस्यीय समूहले संस्कार, माङ्गलिक तथा सामाजिक विषयवस्तुमा आधारित मैथिली लोकगीत प्रस्तुत गर्न सक्नेछन्। सामाजिक सञ्जालमा भाइरल वा लोकप्रिय गीतहरू भने समावेश गरिने छैनन्।
आवेदन फारम अभियानको विराटनगर–२, तीनपैनीस्थित कार्यालयमा उपलब्ध रहेको र जेठ २२ गते अपराह्नसम्म बुझाउनुपर्नेछ। अडिसन जेठ २३ गते विराटनगर–११ स्थित संगम पार्टी प्यालेस मा तथा फाइनल जेठ ३० गते आरोहण गुरुकुल मा हुनेछ। उत्कृष्ट तीन समूहलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ l
