विराटनगर २१ जेठ
विराटनगरको मेरिल्याण्ड कलेज एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको रोजाईमा परेको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये ४५ जनाले ३.९ देखि ४.० जीपीए ल्याएका छन् । कलेजका निर्देशक भेषराज पोखरेलले ४.० जीपीए ल्याउने ६ जना रहेको बताउनुभयो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई कलेज सम्मान गरेको छ ।
विद्यार्थीलाई कलेजका निर्देशक पोखरेल, प्रिन्सीपल लक्षण ढकाल, हाँस्य कलाकार मनोज गजुरेल, विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख रामप्रसाद ढुंगेल लगायतले सम्मान गर्नु भएको थियो ।कलेजले कक्षा ११ को प्रवेश परीक्षामा प्रथम अंक ल्याउने ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा तल्हा खाँ, सुरजकुमार यादव, प्रनाप्रियम मेहता, सुदिक्षा झा, धैर्य जैन रहेका छन् ।अभिमुखीकरण कार्यक्रममा हाँस्य कलाकार गजुरेलले हाँस्यव्यङ्यसँगै विद्यार्थीलाई उत्प्रेरणामुलक सन्देशहरु दिनुभएको थियो । उहाँले विद्यार्थीलाई एक हातमा सर्टिफिकेटसँगै अर्कोहातमा सीप पनि जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सीप विनाको प्रमाणपत्रले सफल हुन सकिदैन ।’
कलेजका निर्देशक पोखरेलले विद्यार्थीको रोजाई भित्र मेरिल्याण्ड कलेज परेको बताउनुभयो । मेरिल्याण्डका विद्यार्थी अहिले देशविदेशका विभिन्न उच्च तहमा पुगेको उहाँले बताउनुभयो ।प्रिन्सीपल लक्ष्मण ढकालले शिक्षा क्षेत्रमा मेरिल्याण्डको गर्विलो इतिहास रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कलेज स्थापनाको २४ वर्ष भयो । हरेक वर्ष उत्कृष्टनतिजा दिईरहेका छौं ।’ उहाँले विद्यार्थीलाई अनुशासनमा बस्न आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा प्रिन्सीपल ढकालले असार ४ देखि पठनपाठन शुरु हुने बताउनुभयो ।विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाले व्यवहार परिवर्तन गर्ने बताउनुभयो । उहाँले सर्टिफिकेटसँगै सीप पनि आवस्यक रहेको बताउनुभयो ।कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका २०३ र व्यवस्थापन संकायका ६५० सहित ८५३ विद्यार्थीलाई कलेजले आज स्वागत तथा अभिमुखीकरण गरेको छ ।
कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक सांगितिक प्रस्तुतीहरु दिएका थिए ।
