विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर हाँस्दा माथि विना तुक लगाएका अभद्र मुद्दा खारेज गर्न स्थानीयहरुले माग गरेका हुन् । गत जेठ २२ गते हराएको दाब कुखुरी जस्तो देखिने (कृषि औजार) विषयलाई लिएर साह र हाँस्दा बीच विवाद भएको थियो । स्थानीय साहले आफ्नो दाब हराएको भन्दै छिमेकी ललिता हाँस्दालाई शंकागरी सोधपुछ गर्नेक्रममा हाँस्दासंग कसा कसी परेको थियो । साहले पटक पटक दाब लिएको आरोप लगाउने क्रममा समानीय विवाद भएको हँस्दाले बताउनुभयो । तर आफूहरूले उक्त दाब कुखुरी जस्तो देखिने (कृषि औजार) नलिएको र आफ्नै दाब रहेको पीडित हँस्दाले बताउनुभयो । यता यस विषयलाई लिएर मिरा साहले नेपाल प्रहरी असईको आमा हुँ मलाई घर तलासी गर्न देउ नभए प्रहरीलाई बोलाई दिन्छु भन्दै धम्की दिँदै आएको पीडित हँस्दाले आरोप लगाउनुभयो ।
मिरा साहको छोरा प्रहरी सहायक निरीक्षक (असई) पदमा कार्यरत अरूण साहले समेत पीडि हाँस्दा सहित उनको परिवारमाथि तिमीहरूलाई अहिले नै उठाएर जेलमा थुन्ने जस्ता धम्कीदिएको उहाँले आरोप लगाउनुभयो ।“असईको आमा भएकाले घर तलासी गर्ने अधिकार छ” । “अहिले नै उठाएर थुन्न सक्छु” जस्ता अभिव्यक्तिहरू प्रयोग गरिएको स्थानीयहरुले बताएका थिए । तर प्रशासनले त्यति मात्र होइन उल्टै ललिता हाँस्दा विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गरिएको नागरिक सामाज, जहदा गा.पा.मोरङका संयोजक छोटे लाल सोरेनले बताउनुभयो । जेठ २७ गते पीडित हाँस्दालाई (असई) साहले फोन मार्फत धम्कीपूर्ण शैलीमा तिमी कहाँ छौं ? भन म अहिले नै उठाएर ल्याउँछु जस्ता भाष्य प्रयोग गरेको उहाँले असई माथी आरोप लगाउनुभयो । पूर्वाग्रही ढङ्गबाट लगाइएको अभद्र व्यवहार सम्बन्धी मुद्दा अविलम्ब खारेज गरियोस् । घटनामा प्रहरी कर्मचारीको संलग्नता, आचरण तथा भूमिकाको वस्तुगत अनुसन्धान गरियोस् । कुनै पनि पक्षमाथि शक्ति, पद वा प्रभावको आधारमा दबाब सिर्जना नगरियोस् । ललिता हाँस्दा तथा उनको परिवारको सुरक्षा सुनिश्चित गरियोस् । यदि कसैले आफ्नो पद वा अधिकारको दुरुपयोग गरेको प्रमाणित भएमा कानून बमोजिम आवश्यक कारबाही गरियोस । लगायतका पाँच बुन्दै माग सहित स्थानीयहरु हँस्दाको रिहाईका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई आग्रह गरेका थिए । यता यस विषयमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन्द्र राईले हँस्दा माथि अभद्र मुद्दा चलेको छ, कारवाही हुन्छ, पक्राउ पुर्जा आई सकेको छ, हँस्दालाई पक्राउ गर्न उनको घरमा प्रहरी पठाउँदा स्थानीयहरुले भिड जमा गरेर पक्राउ गर्न नदिएको उहाँले प्रतिक्रिया दिनुभयो ।
