विराटनगर
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। आज बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ।
यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो, जसमा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।
देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएका थिए। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा १–१ परीक्षा केन्द्र रहेका थिए।