रंगेलीका वडा अध्यक्षसहित दुई जना पक्राउ

विराटनगर । झुटो विवरण पेश गरी अंगीकृत नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भनी झुटो विवरण पेश गरेको आरोप छ। सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन तथा सिफारिस प्रक्रिया अघि बढाइएको भन्दै सम्बन्धित जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु गरिएको हो।यस प्रकरणमा रंगेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल तथा रोहवरमा बसेका सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।