अभिषेक गिरीको घरमा पैसा गन्ने मेसिन बरामद

विराटनगर । अभिषेक गिरीको घरमा पैसा गन्ने मेसिन बरामद भएको छ ।मोरङ प्रहरीले गिरीलाई गत शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनको घरबाट पक्राउ गरेको थियो। पक्राउपछि घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ।मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउपछि अनुसन्धानका क्रममा थप तथ्यहरू खुल्दै गएका छन्। यस घटनाबारे प्रहरीले अझै गहन अनुसन्धान गरिरहेको छ।