सुनचाँदीको मूल्य सामान्य कमी

विराटनगर । साताको पहिलो दिन नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

आइतबार बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।