
विराटनगर ।न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै संयुक्त ट्रेड युनियन महासंघ (जेयूएफटीसी) अन्तर्गतका विभिन्न श्रमिक संघ–संस्थाहरुले बिहीबार विराटनगरमा एक विरोध ¥याली निकालेका छन्।

विराटनगरको संसारीमाई मन्दिर क्षेत्रबाट सुरु भएको ¥यालीले शहरका विभिन्न भाग परिक्रमा गर्दै महेन्द्र चौकमा पुगेर कोणसभा गरेको थियो। ¥यालीमा सहभागी श्रमिकहरूले “मजदुर एकता जिन्दावाद”, “श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर”, “श्रमिकलाई सामाजिक सुरक्षामा सूचीकृत गर”, “त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर”, “३० हजार ४ सय ४३ रुपैयाँ न्यूनतम पारिश्रमिक लागू गर” लगायतका नारा लगाएका थिए।
कोणसभापछि उनीहरूले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाउँदै नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेश अध्यक्ष नारायण बाबु कार्की, जिफन्ट (GEFONT) का अध्यक्ष विनोद श्रेष्ठलगायतका नेताहरूले सरकारले श्रमिकको योगदानलाई बेवास्ता गर्दै न्यूनतम पारिश्रमिकसमेत निर्धारण नगरेको भन्दै कडा आलोचना गरेका थिए।
उनीहरूले अहिलेको महँगीको समयमा श्रमिकलाई न्यूनतम ३०,४४३ रुपैयाँ पारिश्रमिक सुनिश्चित गर्न आग्रह गरे।ज्ञापन पत्र बुझ्दै मन्त्री राईले सरकार सदैव श्रमिकको पक्षमा रहेको बताउँदै श्रमिकका जायज माग पुरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी लगायतका श्रमिक संगठनका नेताहरू तथा सयौँ श्रमिकको उपस्थिति रहेको थियो।