झापामा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु, एक घाइते

विराटनगर ।झापाको बाह्रदर्शी गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय स्कुटर चालक श्रीप्रसाद राजबंशी, उनका ३ वर्षीय नाति आयुष राजबंशी र भारतको किशनगञ्जका २५ वर्षीय सुरज टुडु रहेका छन्। दुर्घटनामा श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजबंशी घाइते भएकी छन्। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

घटना असार २५ गते दिउँसो करिब पौने ४ बजे भएको हो। भारततर्फबाट आउँदै गरेको BR 37 AZ 6440 नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेकाले अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।