विराटनगर । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ ९५औँ राधाकृष्ण रथयात्राको अवसरमा नेपाल यादव सेवा समिति, विराटनगर महानगरपालिका वडा नं. १२/१३ ले भक्तजनलाई मोही तथा पानी वितरण गरेको छ।
विराटनगरको रोडशेष चोकमा रथयात्रामा सहभागी भक्तजन तथा श्रद्धालुहरूलाई समितिले निःशुल्क रूपमा मोही र पानी वितरण गरेको हो।
रथयात्रामा सहभागी भक्तजनलाई गर्मीका कारण सहज होस् भन्ने उद्देश्यले सेवा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।
समितिले यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि गर्दै आएको जनाएको छ। आगामी दिनमा समेत यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।