विराटनगरमा एथर इलेक्ट्रिक स्कुटरको १४औँ शोरूम सञ्चालन

विराटनगर । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जीले विराटनगरमा आफ्नो १४औँ ‘एथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।

विराटनगर–३ स्थित पिपलचोक, धरान रोडमा शनिबारदेखि सञ्चालनमा आएको शोरूमका प्रोपाइटर सम्वेग थापा र प्रोज्जवल पौडेल रहेका छन्।

शोरूममा एथरका विभिन्न मोडेलका स्कुटर प्रदर्शनीमा राखिएको छ। कम्पनीका अनुसार स्कुटरको मूल्य ३ लाख १४ हजारदेखि ४ लाख ३४ हजार ९ सय रुपैयाँसम्म रहेको छ। एथर ४५० सिरिजसँगै पारिवारिक प्रयोजनका लागि ‘रिज्टा’ मोडेल पनि ग्राहकको रोजाइमा पर्ने कम्पनीको अपेक्षा छ।

वैद्य इनर्जीका मार्केटिङ हेड सलमान खानका अनुसार एथरका स्कुटरमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनाइट क्रुज’ र ‘भ्वाइस इन्टरयाक्सन’ जस्ता प्रविधि उपलब्ध छन्।

शोरूम उद्घाटनको अवसरमा कम्पनीले ८ वर्षको ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई र पुरानो स्कुटर साट्दा ८ हजार रुपैयाँसम्मको थप मूल्याङ्कन सहितको ओपनिङ अफर सार्वजनिक गरेको छ। यो योजना आगामी भदौ २७ गतेसम्म लागू हुने जनाइएको छ।

कम्पनीका अनुसार एथरले नेपालभर ५० भन्दा बढी चार्जिङ स्टेसन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ।